अकिंता लोखन्डेको नजरमा निशान्त भट्ट बिबिका ‘वीनर’!

The times of truth
The times of truth

बिग बोस–१५ को अन्तिम चरण नजिकिँदै गएको छ। शोका सदस्यहरु पनि जित्नका लागि निकै दौडमा छन्। त्यसैगरी उनीहरुलाई सर्पोट गर्न बाहिरका मानिस पनि उत्तिकै सक्रिय बनिरहेका छन्। 

फेन्स मात्र नभई कलाकारहरु समेत पनि शोका सदस्यहरुलाई धमाधम सर्पोट गरिरहेका छन्। बिग बोस–७ की बिजेता समेत रहेकी गौहर खानले प्रतीक सहजपाललाई सर्पोट गरिरहेकी छिन्। 

त्यसैगरी अब टीवी चर्चित अभिनेत्री अबिंता लोखन्डेले पनि निशान्त भट्टलाई सर्पोट गरिरहेकी छिन्। उनले निशान्तलाई सर्पोट गर्दे सोशल मिडियामा पोस्ट गरेकी थिइन्। जसमा लेखिएको थियो–‘निशुकड्डी म तिमी देखेर गर्व गर्छु, असली बिग बोस निशान्त!’

निशान्त बिग बोस ओटीटीमा आएका थिए। उनका साथै शमिता शेट्टी र प्रतीक सहजपाल पनि  शोमा हाएका थिए। उनीहरु तीनले नै अन्य सदस्यहरुलाई धमदार टक्कर दिएका छन्। शोमा चार सदस्यहरुले ‘टिकट टू फिनाले’ जितिसकेका छन्। 

प्रकाशित मिति: : 2022-01-10 12:21:00

प्रतिकृया दिनुहोस्