थाहा पाउनुहाेस् २६, पुस साेमबारकाे राशिफल

२६, पुस साेमबार। तद्नुसार १० जनवरी २०२२। पौषशुक्लपक्ष अष्ठमी तिथि,( गोरखकाली पूजा)  वव करण, रेवती नक्षत्र, शिव योग र चन्द्रमा मीन राशिमा छ। आज सूर्योदय ६ः ५८ र सूर्यास्त १७ः२५ मा हुनेछ। बिहान ८ः१५ देखि ०९ः३४ सम्म राहुकाल रहेको छ भने ११ः५१ देखि १२ः३३ सम्म अभिजित मुहूर्त रहेको छ। शास्त्रीय नियमअनुसार राहुकाल भएको समयमा कुनै पनि शुभ काम नगर्नुहोला। आजको देवता मित्र र ग्रहदेव मित्र रहेको छ। त्यसैले आजको दिन शुभ मानिन्छ।  

सोमबारका दिन शिवको ध्यान साधना गर्ने विशेष दिन हो।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : अर्थलाभ हुनेछ। व्यापारव्यवसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ। परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ त्यसैले ध्यान दिनु होला।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट धनलाभ हुनेछ। मनमा प्रसन्नता छाउने छ। आजको दिन तपाईंलाई मानसम्मान गर्नेछन्। आयभन्दा व्ययबढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला। आजको दिन मौन रहनु तपाईंका लागि शुभ हुनेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल  छ। नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। व्यापारमा तपाईंले सोचेभन्दा बढी फाइदा हुनेछ। मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ। तपाईंलाई मानसम्मान मिल्नेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ। पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला। आजको दिन कसैसँग विवाद भयो भने तपाईंका लागि हानि हुनेछ। यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ। यात्रा गर्दा उपलब्धी हुनसक्छ। परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ। सिंह राशिका पुरुष जातकका लागि स्त्रिकाे सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन शुभ रहेको छ। तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ। आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला। आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ। ब्यापारमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ। अनावश्यक खर्च हुने सम्भावना छ। यात्राका लागि प्रस्ताव आउनसक्छ। अध्यात्मयात्राले तपाईंलाई मनमा उर्जा थप गर्नेछ। आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ।  

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन विश्चिक राशिका जातकले स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन आम्दानीभन्दा बढी खर्च हुनेछ। अनावश्यक यात्राका लागि प्रस्ताव आउनसक्छ। आजको दिन यात्रा नगर्दा तपाईंको भलो हुनेछ। त्यसैले आज नियमित कामबाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ। ग्रह बलिया भएका छन्। त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ। सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ। आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ। आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ। आर्थिक बृद्धि हुने सम्भावना छ। कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ। शिवालयको ध्यान साधना गर्नुहोला।   

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ। आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ। ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला।  प्राप्त गरेको धनलाई केही मात्रामा भए पनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ।  

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : आजको दिन धनलाभ हुनेछ। चन्द्रमाको साथ रहेको छ। दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईंलाई फाइदा हुनसक्छ। शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ। सिर्जनात्मक काममा ध्यान दिनुहोला।  

प्रकाशित मिति: : 2022-01-10 06:54:00

प्रतिकृया दिनुहोस्