शनिबार, १२ जुलाई २०२५

अर्घाखाँचीकाे मालारानीमा ५ सय ४५ मतदाता थपिए

बिएल संवाददाता

बिएल संवाददाता

खनदह
2022-01-09 11:54:00
Breaknlinks
• • •

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले सञ्चालन गरेको मतदाता नामावली दर्ता कार्यक्रममा मालारानी गाउँपालिकाका ५ सय ४५ जनाले नाम दर्ता गराएकाे छन्। 

१७-२६ मंसिरसम्म पालिकामा कार्यक्रम सञ्चालन गरेको थियो। निर्वाचन कार्यालयका अनुसार २ सय २९ महिला र ३ सय १६ जना पुरुषले नाम दर्ता गराएका हुन्।

नयाँ मतदाता नामावली दर्ता गर्नेहरूमा युवाकाे जमात ठूलाे रहेकाे जिल्ला निर्वाचन कार्यालयले जनाकाे छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?