सुनिलस्मृति साहित्य महोत्सवको तयारी पूरा, पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने

Breaknlinks
Breaknlinks

रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुँदैछ। जिएम मुभिजको आयोजना र सुनिलस्मृति गाउँपालिको आर्थिक सहयोगमा महाेत्सव यही शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुँदैछ।

कार्यक्रमलाई पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्न लागेका छन्। कार्यक्रममा माओवादी नेताहरु जोखबहादुर महरा र झक्कुप्रसाद सुवेदीको समेत विशेष उपस्थिति रहनेछ।

आयोजकका अनुसार कार्यक्रममा १० वटा बहसका शेषणहरु सञ्चालन हुनेछन्। सुनिलको सपना शेषणमा वक्ताको रुपमा बाग्मती थापा प्रस्तुत हुनेछिन् भने उनलाई पत्रकार माधवकुमार वलीले सहजीकरण गर्नेछन्।

कमरेडको खबर शेषणमा वक्ता झक्कु सुवेदी छन् भने सहजीकरण महेश न्यौपानेले गर्नेछन्। संसदमा सर्कसमा वक्ता राजकुमार कुवँर छन् भने सहजीकरण नविन लोचनले गर्नेछन्।

त्यस्तै गाउँ जानेबाटोमा वक्ताहरु गुणेन्द्र घर्ती, रक्तिम पुन, दुर्गाबहादुर खड्का र बालाराम बुढा छन् भने सहजीकरण काशिँराम डागीले गर्नेछन्। बिर्सिएको यु्द्ध पर्यटनमा वक्ताहरु पुरण क्षेत्री, खेम बुढा र पृथ्वी पुन छन। उनीहरुलाई मनिषा श्रेष्ठले सहजीकरण गर्नेछिन्।

कार्यक्रमा राष्ट्रिय मुद्दाका विषयहरु पनि उठाइएको आयोजकले बताएको छ। कविले बिराएको बाटोमा कविहरु श्यामल अधिकारी र श्रवण मुकारुङ वक्ता छन्। उनीहरुलाई युवा पुस्ता चर्चित कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नेछन्। धार्मिक सत्ताको पञ्जामा रामचन्द्र ढकाल र कीर्तिमान पुन वक्ता रहनेछन् भने सहजकर्ता राजकुमार बाँनिया रहनेछन्।

त्यस्तै कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका शक्तिशाली कविहरुले कविता वाचन गर्नेछन्। कार्यक्रममा चौथो आयाम, काठमाडौँका थियटर कलाकारहरुले नाटक समेत प्रस्तुत गर्नेछन्। कार्यक्रममा सबै उपस्थितिको लागि आग्रह गर्दै कार्यक्रमको तयारी सबै पूरा भइसकेको कार्यक्रम मुल आयोजक समितिका सदस्य दिलिप कुवँरले जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2022-01-07 10:26:00

प्रतिकृया दिनुहोस्