कर्णालीमा हिउँ पर्‍याे: जनजीवन प्रभावित, किसान हर्सित (भिडियाे)

कर्णाली लगायत उच्च हिमाली जिल्लामा हिमपात भएकाे छ। हिमपातसँगै अत्यधिक बढेकाे चिसाेले जनजीवन प्रभावित बनेकाे छ।

हिमपातले मान्छेलाई मात्रै नभएर पशु चाैपायालाई समेत असर पारेकाे चनन्दननाथ- १० का धर्मराज खत्रीले बताए। 'हामी त जासाेतसाे आगाे तापेर भए पनि चिसाे कटाइहाल्छाैं,' उनले भने,'गाई भैसीलाई घाँस, दाना पानीका लागि समस्या भयाे।'

चिसाे अध्याधिक बढेकाले बालबालिका र वृद्धवृद्धालाई चिसाेबाट जाेगाउन स्वास्थ्यकर्मीकाे सुझाव छ।

अत्यधिक जाडाे बढेपछि रुघाखोकी, निमाेनियाल लगायतकाे संक्रमण हुन सक्ने भएकाे हुनाले पनि चिसाेबाट जाेगिनुपर्ने चन्दननाथ नगरपालिका स्वास्थ्या शाखा प्रमुख क्षेत्र महतले बताए।

'हिउँ परेकाे बेला र हिउँ परिसकेकाे हप्ता १० दिनसम्म साँझ बिहान अत्यधिक चिसाे हुन्छ,' उनले भने, 'चिसाेबाट जाेगिन नसक्दा संक्रमणकाे खतरा पनि उत्तिकै हुन्छ।'

हिमपातले ज्यालादारी मजदुरहरुकाे आम्दानीमा असर पारेकाे छ। बेलाबेलामा हिउँ पर्नाले दैनिक ज्यालामा असर परेकाे मजदुर राम बहादुर सुनारले बताए।

'एक त चिसाेमा काम गर्न सकिदैन। त्यसमाथि हिउँ पर्दा बाहिर निस्कन समेत मुस्किल पर्छ,' उनले भने, 'दैनिक ज्यालादारी काम गरिएन भने घरखर्चकाे जाहाे हुँदैन।'

हिउँदमा हिउँ पर्दा जनजीवन प्रभावित हुने भएपनि हिउँदे बाली तथा बर्खे फलफूलका लागि हिउँ अमृत समान हुने बरिस्ठ किसान शंकु खत्रीले बताए। उनले भने,'यसरी नै हिउँदमा हिउँ पर्दै गयाे भने याे वर्ष हिउँदे बालीहरु जाै, गहुँ राम्राे हुन्छ भने वर्षे फलफूलहरु स्याउ, आरु, ओखर लगायत फलफूल पनि राम्राे हुन्छ।'

प्रकाशित मिति: : 2022-01-06 08:20:00

प्रतिकृया दिनुहोस्