दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

Photograph: Jérôme Delay/AP
Photograph: Jérôme Delay/AP

दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ। संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो निभाइरहेका छन्।

आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ। ‘नेसनल एसेम्बलीमा आगो लागिरहेको छ,’ केप टाउन सहरका आपतकालीन सेवाका प्रवक्ताले भने।

आगो नियन्त्रणमा आइनसकेको र भवनको भित्ता चर्किएको उनले बताएका छन्। आगलागीको कारण खुलेको छैन्। दक्षिण अफ्रिकाको हाउस अफ पार्लियामेन्टमा नयाँ र पुराना गरी तीन ओटा भवन छन्।

सन् १९२० र १९८० मा निर्माण गरिएको नयाँ भवनमा नेसनल एसेम्बली छ। गत अप्रिलमा युनिभर्सिटीमा अफ केप टाउनको एउटा पुस्तकालयमा आगो लागेको थियो।

प्रकाशित मिति: : 2022-01-02 15:34:00

प्रतिकृया दिनुहोस्