शनिबार, १२ जुलाई २०२५

प्रमुख प्रशासकीय अधिकृतसहित तासको खालबाट समातिए कांग्रेस नेता

बिएल संवाददाता

बिएल संवाददाता

सुर्खेत
2022-01-02 08:21:00
News Image
• • •

जुवाको खालबाट जाजरकोट भेरी नगरपालिकाका निर्मित कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको छ  ।

सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो।

आइतबार विहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ। दुई लाख रुपैयाँ ताखको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विहान ६ बजे सम्मा मुचुल्का बनाउने काम थालेर ८ बजेपछि सबैको नाम सार्वजानिक हुने छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?