हातेमालो सहकारीद्वारा सदस्यहरूलाई संरक्षित पूँजीफिर्ता कोषको रकम वितरण सुरू

बिएल संवाददाता

सिमरा (बारा) ।
हातेमालो सहकारीद्वारा सदस्यहरूलाई संरक्षित पूँजीफिर्ता कोषको रकम वितरणको थालनी समारोह ।

बाराको सिमरास्थित हातेमालो वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुलाई संरक्षित पूँजी फिर्ताकोषको रकम एक कार्यक्रमको आयोजना गरी वितरणको थालनी गरेको छ । सहकारी ऐन २०७४ अनुसार कारोवारको आधारमा आ.व. २०७७।७८ मा भएको नाफाबाट छुट्याइएको उक्त रकम वितरण थालिएको हो ।
 हाल ३८०० जना शेयर सदस्यहरुको माझमा ५६ करोडको कारोबार गरिरहेको  संस्थाले आ.ब २०७७।०७८ मा २,५७,७६,३६१।०० (करपूर्व) नाफा गरेको थियो । सो नाफाबाट  आफ्ना सदस्यहरुलाई सहकारी ऐनले तोकेको अधिकतम १८ प्रतिशत शेयर लाभांश यसअघि नै वितरण गरिसकेको छ । 
सोही ऐनका आधारमा गत वर्षको नाफाबाट संरक्षित पूँजी फिर्ता कोषमा छुट्याइएको रु. ४४ लाख ९० हजारलाई कारोवारको आधारमा असल ऋणीहरुलाई उनीहरुले तिरेको ब्याजको ४.५३ प्रतिशत तथा वचतकर्ताहरुलई वचतमा प्राप्त गरेको ब्याजको ५.१८ प्रतिशतले हुने रकम सोही कोषबाट  वितरण गर्ने कार्यको सुरुवात गरेको हो । 
सो कोषबाट कारोवारको आधारमा रकम प्राप्त गरिरहँदा शेयर पूँजीलाई आधार मानी हिसाब गर्दा सदस्यले आफ्नो शेयर रकमको ३८६ प्रतिशतसम्म लाभान्स प्राप्त गरेका छन्।  
यसरी शेयर लाभांश र पूँजी फिर्ताकोषबाट प्राप्त रकम दुवैलाई जोडदा एकै जनाले आफ्नो शेयर रकमको ४०४ प्रतिशतसम्म लाभान्स प्राप्त गरेका छन् । 
कार्यक्रमको सुरुवात संस्थाकी उपाध्यक्ष क्षमादेवी अधिकारी तथा सहकारी बैंक, सिमराका प्रमुख सुरेश लागेले रकम वितरण गरी सुरुवात गरेका थिए । कार्यक्रमको सहजीकरण व्यवस्थापक महेश ढुङ्गेलले गरेका थिए ।

रकम वितरण कार्यक्रममासंस्थाका सञ्चालकहरु मनकुमारी खनाल, सुनिता चौंरेल, लेखा समिति सदस्य विदुरकुमार घिमिरेको उपस्थिति थियो । 
 

प्रकाशित मिति: : 2021-12-31 21:21:00

प्रतिकृया दिनुहोस्