१० कम्पनीको सेयर मूल्य समायोजन

File Photo
File Photo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार १० कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले सेयर मूल्यमा पनि समायोजन गरेको हो।

नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलीमे हाइड्रोको सेयर मूल्य समायोजन भएको जनाएको छ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो। आइतबारबाट यी कम्पनीहरूको कारोबार समायोजन भएको मूल्यबाट सुरु हुनेछ। 

प्रकाशित मिति: : 2021-12-31 13:50:00

प्रतिकृया दिनुहोस्