वित्तीय शिक्षा दिँदै नेपाल बैंक लिमिटेड 

नेपाल बैंक लिमिटेड जुम्लामा पहिलाे हुन पाएन। अघिल्लाे वर्ष कार्तिक ३० भर्चुअल  ओपनिङ भएकाे जुम्ला शाखा यतिबेला विद्यार्थी तथा आम मानिसलाई बैंक तथा वित्तीय साक्षरता दिन लागि परेकाे छ। 

शाखा उद्घाटनका १४ महिनामा ग्राहककाे संख्यामा उल्लेख्य वृद्धि गरेकाे शाखा प्रबन्धक रवि भण्डारीले बताए।  

जाडाे विदा हुनुभन्दा अगाडि चन्दननाथ माध्यमिक विद्यालय र  जुम्ला बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई वित्तीय शिक्षा दिई बैंक प्रति आकर्षित गरिएकाे उनकाे भनाई छ।

'विशेषगरी विद्यार्थी लक्षित शुभज्ञान बचत खातामार्फत् विद्यार्थीलाई बैंकसँग जाेड्ने हाम्राे उदेश्य हाे। हिउँदे विदाका कारण हामी धेरै विद्यार्थीमाझ जान पाएका छाैनाैं,' उनले भने, 'यसमा सबै खालका बैंकिङ सुविधाहरु जस्ताे माेबाइल बैंकिङ, ई बैंकिङ तथा सिम कार्ड र त्यसमा महिनाभरिमा दैनिक सय एमबी डाटा, एसएमएसलगायतका सुविधा छन्।'

याे प्रडक्टले धेरै विद्यार्थीलाई बैंकसँग जाेडेकाे छ। सरकारी समेत रहेकाे बैंक भएकाले पछिल्लो समय ग्राहककाे आकर्षण नेपाल बैंकप्रति बढ्दाे छ। 

अनवरत विश्वासको ८५ औं वर्ष प्रवेश गरेको नेपाल बैंक सबै पुस्ताको रोजाई बन्नेमा आफू आशावादी रहेकाे भण्डारीले थपे।

'बैंकले हाल ७२ जिल्लाका २१३ ठाउँमा शाखाहरु, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंङिक सेवा उपलब्ध गराइरहेकाे छ,' उनले भने।  

नेपाल बैंक लिमिटेड जुम्ला शाखाले चाँडै एटीएम मेसिन संचालनमा ल्याउन लागेकाे छ। जसबाट ग्राहकले थप सुविधा उपयोग गर्न सक्ने उनकाे भनाइ छ।

पछिल्लो समय बजारमा चाेरीका घटनाहरु निरन्तर वृद्धि भइरहेकाे जुम्ला प्रहरीकाे तथ्यांक छ। पछिल्लो एक महिनाकाे तथ्यांकअनुसार सुन, चाँदीका गर गहना, ल्यापटप लगायतका सामान धेरै चाेरी भएका छन्। 

यी सबै जाेखिमहरुलाई ध्यानमा राखी बैंकले लकर सुविधा संचालन गरिसकेकाे उनले बताए। उनले भने,  'हामीले लकर सुविधा दिएपछि धेरै ग्राहक सम्पर्कमा आउनुभएको छ। तीन दिनमा पाँच जनाले बुक नै गर्नुभयाे।'

उनका अनुसार बैंकले दाेहाेराे अंक ननाग्ने ब्याजदरमा ऋण सुविधा दिएकाे छ। प्रदेश सरकारसँगकाे सहकार्यमा सहुलियत दरमा ऋण उपलब्ध गराइरहेकाे छ भने सुन धिताे राखेर, व्यापिक कर्जा, बैंक ग्यारेन्टी समेत छिटाे छरिताे गर्ने गरिएको उनले बताए।

प्रकाशित मिति: : 2021-12-30 12:54:00

प्रतिकृया दिनुहोस्