अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ १५ गतेबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ।
महिला विभाग प्रमुख हरि खड्काले माघ १५ बाट लिग सुरु भई पहिलाे राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए।
‘माघ १५ बाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले भने।
यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच लिग हुने खड्काले बताए।
लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका छन्।
गत जेठमा सम्मन्न लिगमा एन्फाले सहभागी टोलीलाई चार विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । फागुनमा समापन भएको लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो।