नेसनल माइक्रोफाइनान्सको साधारणसभा ६ माघमा

File Photo
File Photo

 नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश दिने भएको छ।

सो प्रयोजनका लागि उसले आगामी ५ माघमा साधारणसभा बोलाएको छ। लघुवित्तले क्रिक रिसोर्ट धादिङबेसीमा आठौँ वार्षिक साधारणसभा आह्वान गरेको हो।

सभामा लघुवित्तले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव पारित हुनेछ।

लाभांश प्रस्तावका साथै सभाले अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेण्डा छन्।

सभा प्रयोजनका लागि लघुवित्तले २७ पुसदेखि ६ माघसम्म बुक क्लोज गर्ने भएको छ। यसर्थ, २६ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र लघुवित्तको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: : 2021-12-28 12:29:00

प्रतिकृया दिनुहोस्