सैन्य 'कू'विरूद्ध भिड्दै बर्मेलीहरू, देश छाड्न सीमाक्षेत्रमा घुइँचाे

सुधा अत्रि

रंगुन, म्यान्मार
(Photo: Citizen journalist)

सैन्य 'कू'विरूद्ध युद्ध मैदानमा उत्रिएकाे जातीय करेन समूह र सत्ताधारी 'जुन्ता' सेनाबीचको लडाइँले म्यान्मारका हजाराैँ नागरिकहरू सीमापारि थाइल्याण्डमा शरण लिन बाध्य भएका छन्।

केइन प्रान्तको 'ले के काव' बस्तीका स्थानीयहरू 'विद्राेही समूह र जुन्ता सैनिक'बीचकाे लडाइँका कारण गाउँ–घरमा बस्न सकेका छैनन्।

प्रजातन्त्र समर्थक पिपुल्स डिफेन्स फोर्स (पीडीएफ)का लडाकू र करेन नेश्नल यूनियन (केएनयू)को सशस्त्र शाखा करेन नेश्नल लिबरेशन आर्मीका लडाकूमाथि जन्ता सैनिकले पहिलोपटक १५–डिसेम्बरमा हमला गरेको स्थानीयहरूले बताएका छन्।

जुन्ता परिषद्का सदस्यहरूले 'ले के काव', 'राठे गु'लगायतका स्थानहरूमा तोप फायरिङ गरेको थियो। १४–डिसेम्बरमा पुनः सैनिक जवानहरू कम्तिमा ६ पटक यसक्षेत्रमा प्रवेश गरे। लगतै, उनीहरूले अपदस्थ नेसनल लिग फर डेमोक्रेसी पार्टीका सांसदसहित २० भन्दाबढी राजनीतिक कार्यकर्ताहरूलाई पक्राउ गरेपछि लडाइँ सुरू भएको हो।

दुई समूहबीच लडाइँ लगातार चलेपछि स्थानीय वासिन्दाहरू गाउँ छोडी भाग्न बाध्य भएकाे केएनयूका एक अधिकारीले बताएका छन्। पछिल्लो झडप आइतबार साँझ ५ बजेतिर सुरूभए 'फलु ग्या' गाउँमा शरण लिएर बसेका शरणार्थीलाई फेरि भाग्न बाध्य पारिएकाे थियाे। 'ले के काव'का मेयर ह्वती ह्वपतायरले विस्थापित शरणार्थीहरूलाई पुनर्मिलन गर्ने प्रयासलाई सैनिकले गोलाबारी गर्दा बाधा पुगेको सोमबार बताएका छन्।

'सेनाले ले के कावको दक्षिण–पश्चिम पहाड र फ्लु ग्या गाउँमा गोली चलाएको थियो। शरणार्थीहरूले गाउँमा आश्रय लिरहेको सेनालाई थाहा थियो,' एक स्थानीयले भने, 'उनीहरूलाई यहाँ बस्न नदिनका लागि सेनाले वरिपरि भारी हतियार चलाइरहेकाे छ। मानिसहरू सधैँ जसो तोपको आवाज सुन्ने बित्तिकै दौडन्छन्।'

थाइल्याण्ड सीमाक्षेत्रमा अहिलेसम्म करिब ६ हजार भन्दाबढी शरणार्थीहरूको सूची संकलन गरिएको छ। बेपत्ता भएकाहरूकाे खोजी भइरहेकाे केएनयूका अधिकारीहरूले बताएका छन्। १५–डिसेम्बरदेमा 'ले के काव'बाट करिब चार किलोमीटर टाढा रहेको हेती माई वार खी गाउँमा अस्थायी शिविर स्थापना गरिएको थियाे। तर दुई दिनपछि शिविर नजिकै लडाइँ सुरू भएको हुँदा शरणार्थीहरू करिब तीन किलोमीटर टाढा फ्लु गीमा सर्न बाध्य भएका छन्।

शरणार्थीहरू दिनहुँ थाइल्याण्ड भागिरहेका छन्। सोमबार दिउँसो झण्डै एक हजार सीमावर्ती मोई नदी पार गर्न पर्खिरहेकाे त्यहाँका मेयरले सञ्चारमाध्यमलाई बताएका छन्। झडपको पाचौं दिन आइतवार राती फ्लु ग्या शिविरबाट भागेपछि नदी तरेर थाइल्याण्ड जान पर्खिरहेका एक शरणार्थीले 'यस क्षेत्रका सबै गाउँहरू आक्रमणमा परेकाे' बताउँदै म्यान्मारमा बस्न सम्भव नभएको दुखेकाे गरेका थिए. एक शरणार्थीले नाम नखुलाउने सर्तमा भने, 'यहाँ अब कोही पनि बस्न सक्दैन। अर्कोतर्फ जान नचाहनेहरू अहिले खोलाको छेउमा पालमा बसिरहेका छन् र हामीले आगामी दिनहरूमा नयाँ आक्रमणहरू हुने आज बिहान सुन्यौं।'

ले के काव बस्तीमा भएको द्वन्द्वबाट जाेगिन थाइल्याण्ड पलायन भएका शरणार्थीहरूको संख्या करिब ५ हजार हाराहारीमा पुगेकाे छ।झण्डै ५ हजार सीमावर्ती म्यान्मारमा रहेका छन्। सेनाले उत्तरमा नौ किलोमीटर टाढा रहेकाे म्यावाड्डी बस्तीमा थप सैनिकहरू पठाउँदै गर्दा लडाइँकाे सम्भावना उतिकै रहेकाे पीडीएफ सदस्य को साई सुनाउँछन्। 'यदि जुन्ता सेना केएनयूकाे प्रभावक्षेत्रमा आएभने हामीहरू चुपचाप बस्दैनाैं- जवाफ दिन्छाैं,’ उनले भने।

पीडीएफ सदस्य को साईले पाँचाैं दिनको लडाइँमा दुई पक्षबीच १३ पटक झडप भएको र झण्डै ६० सरकारी सेनाको मृत्युभएको दाबी गर्छन्। उता जुन्ताका प्रवक्ता तथा सूचना उपमन्त्री मेजर जनरल जाव मिन टुनले आइतबारको झडपमा केही सैनिकहरू घाइते भएको बताउँछन्।

प्रकाशित मिति: : 2021-12-28 17:41:00

प्रतिकृया दिनुहोस्