साउथ फिल्ममा अभिनेतृ आँचल शर्मा डेब्यू गर्न लागेकी छन्।
नेपालमा छायांकन भएको तेलुगू फिल्म ‘हिटम्यान’ बाट उनले डेब्यू गर्न लागेकी हुन्। फिल्ममा मूख्य भूमिका रहने उनी नेपालीमै संवाद गर्नेछिन्।
आँचलको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी रहने छन्। निर्देशकसमेत रहेका उनले नेपाल र भारतमा नै फिल्म रिलिज हुने बताए।