ललितपुर महानगरपालिकामा ‘स्वच्छ सुन्दर ललितपुर’ अभियान सुरु [तस्विरहरु]

शनि शाक्य

काठमाडाैं

ललितपुर महानगरपालिकाले  ‘स्वच्छ सुन्दर ललितपुर’ अभियान सुरु गरेको छ। 

नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनमा ललितपुर नगर प्रहरीले साता दिनका लागि अभियान गर्न लागेको हो।

जनतालाई सचेतना गर्नका लागि आइतबारदेखि सुरु भएको अभियानमा   
‘सांस्कृतिक सम्पदा जर्गना गरौँ ललितपुर कला नगरी कायम राखौँ’ लगायतका नारा लगाइएको थियो। अभियानको सुरुवात मोटरसाइकल र्‍यालीबाट गरिएको थियो।

‘सचेतना कार्यक्रमअन्तर्गत नागरिकलाई नगरपालिकाका नियमहरूबारे जानकारी दिने, स्वच्छ सुन्दर ललितपुर बनाउन महानगर र नागरिकको साझेदारीबारे  पनि सचेतना जगाउछौँ’ ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।

कतिपय मानिसलाई नगर प्रहरीबारे थाहा नभएको बताउँदै उनले भने, ‘यो सचेतना अभियानमा हामी प्रत्येक घर, टोल, चोक, बाटोमा गएर नागरिकलाई नगरपालिकाका नियमहरूबारे बताउने छौँ।’

प्रकाशित मिति: : 2021-12-26 12:42:00

प्रतिकृया दिनुहोस्