सुनको मूल्य आज २ सय रुपैयाँले घट्यो

File Photo
File Photo

 सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा आएको छ।

पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासंघले जनाएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय १० डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2021-12-24 13:04:00

प्रतिकृया दिनुहोस्