जुम्लामा मूल्य शृंखला विश्लेषण तथा वस्तु प्रमाणिकरणबारे अध्ययन 

एकीकृत पोषण तथा उत्थान्शील कार्यक्रम अन्तर्गत कार्यक्षेत्रमा अब आउँदा दिनमा मूल्य शृंखलाको रुपमा काम गर्ने उच्च महत्वका बाली तथा वस्तुहरुको बारेमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।

किर्डाक नेपाल र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालित उक्त कार्यक्रमले उच्च मूल्यको, उत्पादनमा धेरै भन्दा धेरै परिवारको संग्लनता रहेको, उत्पादनका लागि प्राविधिक सम्भाव्यता रहेको, उत्पादनमा कृषकको रुची भएको तथा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने विषयमा छलफल गरिएको थियाे।

बजारीकरणको लागि सम्भावना रहेको, छनौट तथा प्रशोधन गरेर मूल्य वृद्धि गर्न सकिने, उत्पादन तथा बजारीकरणका लागि उपयुक्त सरकारी नीति रहेको लगायतका विभिन्न सूचकहरु माथि अध्ययन गरिएको किर्डाक नेपालका कार्यालय प्रमुख भेष बहादुर रावलले बताए।

No description available.

'हामीले यसरी नै विभिन्न सूचकमा रहेर जिल्लाका तिला, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिका तथा चन्दननाथ नगरपालिका भित्र उत्पादन हुने २२ वटा बाली तथा फलफुलमा अध्ययन गरेका थियाैं,' उनले भने, 'सिमी, स्याउ, आलु लगायत ताजा तथा बेमौसमी तरकारी छनौटमा परेको र प्रतिवेदनलाई मूल्य शृंखला विश्लेषण तथा वस्तु प्रमाणिकरण गोष्ठी आयोजना गरि सार्वजनिक गरिएको हाे।'

मूल्य शृंखला विश्लेषण तथा वस्तु प्रमाणिकरण गोष्ठीमा सहभागी भएका स्थानीय सरकारका प्रतिनिधि तथा किसानहरुले अध्ययनले निकालेको निष्कर्ष तथ्यगत भएको र जुम्लाको सन्दर्भमा निकै सान्दर्भिक भएको बताएका थिए।

यो कार्यक्रम जुम्लाकाे तिला गाउँपालिकाको रारालिही, चन्दननाथ नगरपालिका र पातारासी गाउँपलिकामा सम्पन्न भएकाे कार्यालय प्रमुख रावले थपे।

प्रकाशित मिति: : 2021-12-24 06:50:00

प्रतिकृया दिनुहोस्