चौतारामा सम्पन्न मैत्रीपूर्ण टेबुल टेनिस प्रतियोगितामा नेपाल प्रहरी अगाडि

बिएल संवाददाता

सिन्धुपाल्चोक

कर्मचारी, बैंकर्स र सुरक्षाकर्मीबीच भएको मैत्रीपूर्ण टेबुलटेनिस प्रतियोगितामा नेपाल प्रहरीले जित निकालेको छ।

प्रतियोगितामा सिंगलतर्फ सिन्धुपाल्चोक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजन अधिकारी प्रथम भए। यस्तै प्रहरी नायव निरीक्षक अजित राज बस्नेत दोस्रो भए।

डबल्सतर्फ पनि प्रहरीकै टिम प्रहरी उपरीक्षक अधिकारी, प्रहरी नायव निरीक्षक बस्नेत प्रथम हुँदा द्वितीयतर्फ प्रहरी हवल्दार दिनेश स्याङतान र प्रहरी जवान तारा बहादुर थामीको टिम बन्यो। उक्त प्रतियोगितामा खेलको उत्कृष्ट खेलाडीसमेत प्रहरी उपरीक्षक अधिकारी घोषित भए।

बिहीबार वनदेवी कबर्डहल,चौतारामा आयोजित मैत्रीपूर्ण टेबुल टेनिस प्रतियोगिता–२०७८ मा श्री गोरख बक्स गण,जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, आयोजक टिम,कर्मचारी मिलन केन्द्र र नगर भित्र रहेका बैंक वित्तीय संस्थाहरू सहभागी भएका थिए।

चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समिति र चौतारा साँगाचोकगढी नगरपालिकाले आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।

प्रकाशित मिति: : 2021-12-23 20:05:00

प्रतिकृया दिनुहोस्