सेयर बजार ५६ दशमलव ७३ अंकले बढ्यो नेप्से

File Photo
File Photo

सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो।

२२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी छ। यो कम्पनीको आज १४ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ।    

सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन्। नेप्सेका अनुसार ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ।

त्यस्तै, आज गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। यस कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित मिति: : 2021-12-21 16:01:00

प्रतिकृया दिनुहोस्