म्यान्मारको सैन्य अदालतद्वारा 'कू'काे विराेध गर्ने ९० जनालाई मृत्युदण्डको सजाय

सुधा अत्रि

रंगुन, म्यान्मार
photo: rfa

राजनीतिक बन्दीलाई जेलभित्रै चरम यातना

'बन्दुककाे त्रास र जनताकाे माया'

सैनिक–पत्नीहरू पनि आन्दोलनमा


म्यान्मारको सैन्य अदालतद्वारा 'कू'काे विरोध गर्ने ९० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। सैनिक सत्ताकाे विद्रोहमा उत्रिएका रंगुन क्षेत्रका दर्जनाैँ नागरिकमाथि 'जुन्ता' नियन्त्रित अदालतले सैन्य 'कू'यता मृत्युदण्डको सजाय सुनाउदैआएकाे छ।

स्थानीय 'जुन्ता' प्रशासकलाई गोली हानेर हत्या गरेको आरोपमा डिसेम्बर–१६ मा पाँच जना युवालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। त्यस्तै, उत्तरी डागन बस्तीका हेन हेट आङ र औक्कर थेनलाई डिसेम्बर–३ मा सजाय सुनाएकाे सैन्य अधिकारीहरूले जनाएका छन्।

म्यान्मारकाे दक्षिण डागोनका स्थानीय नेता हटेट पिङ सोएसहित ६ जना, डागोन सेइकन बस्तीका जुन्ताविराेधी कार्यकर्ता खिन विन्ट क्याव माउङ र जिन मिन क्यावसहित १५ जनालाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ।

सैन्य कानून अन्तर्गत रंगुन बस्तीका ६ जना युवालाई यसैसाता सजाय सुनाएपछि मृत्युदण्ड पाउने व्यक्तिहरूको संख्या ९० पुगेको छ। जसमध्ये ४२ जना हालसम्म सेनाकाे नजरबाट फरार छन्।

सैन्य सत्ता र अदालतले मानवअधिकारको गम्भीर उल्लंघन गरेकाे म्यान्मारको राष्ट्रिय एकता सरकारका मानवअधिकार मन्त्री आङ म्यो मिनले दाबी गरेका छन्। 'म्यान्मारमा कानूनको शासन लोप भएको संकेत हाे, याे। हजाराैँ मानिसहरूले आफ्नो अधिकार गुमाएका छन्,' उनले भने।

प्रकाशित मिति: : 2021-12-21 08:13:00

प्रतिकृया दिनुहोस्