साबिक उपविजेता नेपाल बंगलादेशमा जारी यु- १९ महिला साफ च्याम्पियनसिपबाट बाहिरिएको छ।
आइतबार भारतसँग पराजित नेपाललाई फाइनल पुग्न झिनो आशा रहे पनि बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल फाइनल पुग्न बन्चित भएको हो।
भारतसँग पराजित भएपछि नेपाललाई फाइनल पुग्न श्रीलंकाले बंगलादेशलाई पराजित गर्नुपर्ने अवस्था थियो। तर खेलमा साविक बिजेता बंगलादेश १२-० ले विजयी भएपछि बंगलादेश १० अंक बनाउदै विजेताको रुपमा फाइनल पुगेको हो।
यता, अन्तिम खेलमा नेपाललाई पराजित गरेको भारतले ९ अंक बनायो। भारत शीर्ष दुईमा रहेर फाइनल पुग्यो। तेस्रो स्थानमा रहेको नेपालको ७ अंक रह्यो। भुटान तेस्रो स्थानमा रह्यो भने श्रीलंका पुछारमा रह्यो।
यसअघि भारतसँग १-० ले पराजित भएपछि नेपाली टोलीको फाइनल प्रवेश सम्भावना न्यून बनेकाे थियो।
पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको नेपाली टोलीले दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० ले हराउँदै च्याम्पियनसिपको फाइनल प्रवेश सम्भावना बलियो पारेको थियो।