यो सृष्टिमा, यो विश्वमा एकै अस्तित्वले जसरी हामीलाई सृष्टि गर्यो त्यो प्रकृतिलाई अर्थात् सृष्टिलाई जोगाएर, समुचित प्रयोग गर्नु र मानवीयतापूर्ण जीवनशैली बाँच्नु हाम्रो स्वभाव हो। यसलाई संस्कृत श्लोकमा यसरी समेटिएको छ-
ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्।।
जे भन्ने गरिए पनि अस्तित्वप्रति अहोभाव व्यक्त गर्न हामी भुलिरहेका हुन्छौं। हामी उसकै एक अंश हौँ भन्ने कुरा ख्याल नै हुँदैन। मानौं यो जीवनलाई यो ठाउँमा स्थापित गर्नका लागि मानव जातिकै भूमिका बढी छ जस्तो।