युक्रेनमा आक्रमण गरेमा रुस माथि नयाँ प्रतिबन्ध लगाउन युरोपेली संघका नेताहरू तयार

Council of the European Union
Council of the European Union

रुसले युक्रेनमा आक्रमण गरेको खण्डमा रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने इयु (युरोपेली संघ) का नेताहरूले बिहीबार (१६ डिसेम्बर) मा एक सहमतिमा पुगेका छन्।

इयु -२७ ले मस्कोसँग कूटनीतिलाई पनि प्रोत्साहित गर्नुका साथै संयुक्त राज्य अमेरिका र बेलायतसँग मिलेर कारबाही गर्ने बताएको छ। 

'रुसले युक्रेन विरुद्ध कुनै पनि थप सैन्य आक्रामकताले ठूलो परिणाम र साझेदारहरूसँग समन्वय गरी प्रतिबन्धात्मक उपायहरू सहित प्रतिक्रियामा गम्भीर सजाय भोग्नुपर्ने छ,' नेताहरूले आफ्नो अन्तिम शिखर वक्तव्यमा भने।

सन् २०१४-२०१५ मा जर्मनी, फ्रान्स, युक्रेन र रसियासँग शान्ति सम्झौताहरूको उदाहरण दिंदै नेताहरूले 'कूटनीतिक प्रयासहरूलाई प्रोत्साहन र मिन्स्क सम्झौताहरूको पूर्ण कार्यान्वयन प्राप्त गर्न नर्मन्डी ढाँचालाई समर्थन गर्नेु भनि रुसलाई आस्वासन समेत दिए।

इयुका सदस्य राष्ट्रहरू विभाजित भएका कारण विशेष उपायहरू हाइलाइट गर्दा अवरोधको रूपमा प्रस्तुत हुने र ती कार्यहरू वास्तवमा के हुनुपर्छ भन्ने टुंगो नभएको कारण इयुका नेताहरूले उनीहरूले लिन सक्ने विशेष प्रतिबन्धहरू उल्लेख गरेनन्।

रुसले सन् २०१४ मा युक्रेनको क्रिमियन प्रायद्वीप कब्जा गर्दा रूसको ऊर्जा, बैंकिङ र रक्षा क्षेत्रहरूलाई लक्षित गर्ने प्रतिबन्धको साथमा आर्थिक प्रतिबन्ध पनि लगाइएको थियो।

नयाँ प्रतिबन्धहरुमा रूसी कुलीन वर्गहरूलाई लक्षित गर्ने, रूसी बैंकहरूसँग इयुको लेनदेनमा प्रतिबन्ध लगाउने र सम्भवतः अन्तर्राष्ट्रिय मुद्रा स्थानान्तरण प्रणाली (स्विफ्ट) बाट रूसी बैंकहरू काट्ने जस्ता प्रतिबन्धहरु समावेश हुन सक्छन्। मस्कोले नेटोलाई पूर्वतिर विस्तार नगर्न बुधबार अमेरिकालाई प्रस्ताव गरेको छ।

बिहीबार नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले सीमामा आफ्नो सेनाको संख्या बढाइरहेको रोयटर्सलाई भने।

नेटोको एक विज्ञप्ति अनुसार सहयोगीहरूले 'सबै देशको आफ्नो भविष्य र विदेश नीति बाहिरी हस्तक्षेपमुक्त निर्णय गर्ने अधिकारलाई समर्थन गर्दछ।'

लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले 'तर दुर्भाग्यवश हामीले युक्रेनी सीमामा रुसी सैन्य बलको एकाग्रता र सुदृढीकरण देखेका छौं र सम्भवतः पछिल्लो ३० वर्षमा सबैभन्दा खतरनाक अवस्थाको सामना गरिरहेका छौं,' इयु नेताहरू बैठक बस्नुअघि भने।

'म युक्रेनको बारेमा मात्र नभई नेटोको पूर्वी भाग बाल्टिक क्षेत्रको बारेमा कुरा गरिरहेको छु,' उनले थपे।

कार्यकारीले २०२१ को जुनदेखि विभिन्न प्रतिबन्ध विकल्पहरूमा काम गरिरहेको र अमेरिकासँग निरन्तर समन्वय भइरहेको कुरा इयु आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले भने। एजेन्सीकाे सहयाेगमा

 

प्रकाशित मिति: : 2021-12-18 06:04:00

प्रतिकृया दिनुहोस्