भारतमा थप सात हजार ९ सय ७४ नयाँ संक्रमित

बिएल संवाददाता

नयाँ दिल्ली
File Photo
File Photo

भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९ सय ७४ संक्रमित भएका छन्। सरकारी अधिकारीले सोही अवधिमा थप ३ सय ४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७६ हजार ४ सय ७८ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेका सङ्क्रमितको संख्या ८७ हजार २ सय ४५ रहेको छ। अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमितको संख्याको ०.२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ। यो संख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन्।

गएको २४ घण्टामा भारतमा आठ हजार ९ सय ४८ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५४ हजार ८ सय ७९ जनालाई कोरोना संक्रमण निको भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ। यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड २५ लाख डोज खोप लगाइएको जनाइएको छ।

प्रकाशित मिति: : 2021-12-16 16:18:00

प्रतिकृया दिनुहोस्