विभिन्न देशमा पक्राउ परेका ६०० ताइवानीलाई चीनमा पठाइएको छ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मानवअधिकारवादी समूह सेफगार्ड डिफेन्डर्सले सोबारे जानकारी दिएको हो।
ताइवानको सार्वभौमसत्तालाई अवमूल्यन गर्न उक्त कदम चालिएको डिफेन्डर्सले चीनमाथि आरोप लगाएको छ।
देशलाई स्वतन्त्र राष्ट्र मान्दै आएको ताइवानले विभिन्न देशमा पक्राउ परेका आफ्ना नागरिकलाई ताइवानमै पठाउनुपर्ने तात्पय जनाउँदै आएको छ। तर, बेइजिङले भने ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ।
सेफगार्ड डिफेन्डर्सले सन् २०१६ देखि सन् २०१९ सम्म सञ्चारमाध्यममा आएका रिपोर्टहरुका आधारमा सो प्रतिवेदन तयार पारेको हो ।
चीन पठाइएका ताइवानीको परिवार र वंश नभएको र स्पेनमा रहेको संस्थाले जनाएको छ। उनीहरुमाथि विभिन्न मुद्दा लगाउन सक्ने पनि डिफेन्डर्सले व्यक्त गरेको छ।
चीनले कुनै पनि देशमा पक्राउ परेका ताइवानीलाई आफ्नो देशमा सुपुर्दगी गर्नुपर्ने बताउँदै आएको छ।