शनिबार, १२ जुलाई २०२५

टर्कीमा मदिरा सेवनबाट १० जनाको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

इस्तानबुल 
2021-12-14 21:20:00
News Image
• • •

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुललगायत पाँच प्रान्तमा बुटलेग रक्सीको विषाक्तताका कारण कम्तीमा १० जनाको मृत्यु भएको राज्य सञ्चालित टीआरटी प्रसारकले मङ्गलबार जनाएको छ। 

विगत दुई दिनदेखि मृत्यु हुनेको समाचार आएपछि सुरक्षाकर्मीले देशभर गुणस्तरहीन मदिरा उत्पादन गर्नेविरुद्ध अभियान थालेका छन्। 

सो क्रममा हालसम्म तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ। प्रहरी एकाइहरूले इस्तानबुलमा एउटा बुफेमा छापा मारेर विभिन्न प्रकारका ब्रान्डका धेरै नक्कली पेय पदार्थहरू बरामद गरेको बताइएको छ। 

गतवर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?