शनिबार, १२ जुलाई २०२५

जाम्बियामा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु, १७ घाइते

बिएल संवाददाता

बिएल संवाददाता

लुसाका
2021-12-14 19:51:00
Symbolic photo
• • •

उत्तरी जाम्बियाको माफिङ्गा जिल्लामा गाडी पल्टिँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको सडक सुरक्षा निकायले जनाएको छ।

आइतबार राति ३० यात्रु बोकेको ट्रक चालकले नियन्त्रण गुमाएपछि व्यस्त सडकमा पल्टिँदा दुर्घटना भएको हो।

सडक यातायात तथा सुरक्षा निकायका प्रमुख कार्यकारी अधिकृत ग्लाडवेल बाण्डाले विज्ञप्ति जारी गर्दै ब्रेक फेल भएर गाडी पल्टिएको बताएका छन्। 

उनले नौ जनाको घटनास्थलमै र दुई जनाको स्थानीय अस्पतालमा  उपचारका क्रममा मृत्यु भएको बताएका छन्। 

सरकारका प्रवक्ता चुशी कसण्डाले सडक दुर्घटनामा ११ जनाको ज्यान गएकामा सरकार अत्यन्तै दुःखी भएको बताएका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?