शनिबार, १२ जुलाई २०२५

इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

बिएल संवाददाता

बिएल संवाददाता

जाकार्ता
2021-12-14 13:04:00
File Photo
• • •

इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको अमेरिकाको भौगोलिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ।

देशको पूर्वी नुसा टेंगारास्थित फ्लोर्स समुद्रमा सो भूकम्प गएको हो । समुद्रबाट पाँच किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको स्थानबाट एक हजार किलोमिटर क्षेत्रभित्र सुनामी आउन सक्ने चेतावनी दिइएको छ।

इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ। सन् २००४ मा ९ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछिको सुनामीमा २ लाख २० हजारको मृत्यु भएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?