दक्षिण कोरिया र अष्ट्रेलियाबीच ७० करोड अमेरिकी डलरको रक्षा सम्झौता

Lukas Coch/Getty Images
Lukas Coch/Getty Images

दक्षिण कोरिया र अष्ट्रेलियाले लगभग ७० करोड अमेरिकी डलरको रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ।

दक्षिण कोरिया र अष्ट्रेलियाबीचको औपचारिक सम्बन्धलाई ‘उत्तरोत्तर रणनीतिक साझेदारी’ मा उन्नत गर्न साझेदारीमा हस्ताक्षर गरेकाे हाे। 

दुई देशबीचको कूटनीतिक सम्बन्धको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा चारदिने भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मून जे इन अष्ट्रेलियामा गएका हुन्।

सम्झौता अनुसार दक्षिण कोरियाली रक्षा कम्पनी हान्वाले अष्ट्रेलियाली सेनालाई तोपखाना हतियार, सवारी साधन र राडार जस्ता उपकरण उपलब्ध गराउने छ।

स्थानीय सञ्चारमाध्यमको अनुसार उक्त सम्झौता १ अर्ब अष्ट्रेलियाली डलरको कुनै पनि एसियाली राष्ट्रसंगको सबैभन्दा ठूलो रक्षा सम्झौता रहको जनाएको छ। 

कूटनीतिक सुदृढता

‘हामीले आज हस्ताक्षर गरेका सम्झौताले कोरियाली रक्षा उद्योगको क्षमतालाई हामीले कति विश्वास गर्छौं भन्नेबारे धेरै कुरा बोल्छ’ अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने। 

उक्त सम्झौताले अष्ट्रेलियामा करिब ३०० रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ। अष्ट्रेलियामा हान्वाको एक डिभिजन सञ्चालन हुँदै आएको छ। 

बेइजिङ्ग ओलम्पिकको बहिष्कार नहुने 

मूनले अष्ट्रेलिया भ्रमणको क्रममा चिनसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउनको लागि अमेरिकाको पहलमा सुरु भएको ‘बेइजिङ्ग सित ओलम्पिक्स २०२२’ बहिष्कार अभियानमा साथ नदिने घोषणा गरे। 

एशियामा शान्ति प्रवर्द्धन गर्न बेइजिङको भूमिकालाई औँल्याउदै मूनले ‘हामीलाई डिपीआरके (उत्तर कोरिया) को आणविक निशस्त्रीकरण सक्षम गर्न चीनको रचनात्मक प्रयास चाहिन्छ’ भने।  

अष्ट्रेलिया र चीनबीच तनाव बढ्दै गएपछि उक्त रक्षा सम्झौताले जन्म लिएको हो। क्यानबेराले भर्खरै अमेरिका र बेलायतसँगको साझेदारीमा आणविक शक्तिबाट चल्ने पनडुब्बी निर्माण गर्ने घोषणा गरेको सम्झौताको बेइजिङले व्यापक निन्दा गरेको थियो। 

युद्ध–अन्त्यको घोषणा 

अमेरिका, चीन र उत्तर कोरियाले कोरियाली युद्धको औपचारिक अन्त्य गर्न सैद्धान्तिक रूपमा सहमत छन् र सियोलको उक्त विचारप्रतिको प्रतिबद्धतालाई समेत कोरियाली राष्ट्रपतिले पुष्टि गरे।  

एक औपचारिक घोषणाले यी छिमेकी देशहरूलगायत उत्तर कोरिया र अमेरिकाबीचको वार्ताको सुरुवात गर्न मद्दत गर्ने ठोकुवा मूनले गरे। 

उक्त अपील मूनबाट हालैका महिनाहरूमा धेरै समान अपीलहरूमध्ये एक रहेता पनि उनले वार्ताका लागि उत्तर कोरियाको शर्तहरू हाल स्वीकार्य नभएको बताए। सन् १९५०–५३ को कोरियाली युद्धपछि दुई कोरियाले औपचारिक शान्ति सन्धिमा हस्ताक्षर गरेका छैनन्।  

देशले महामारी–प्रेरित सीमा प्रतिबन्धहरू कम गरेपछि अष्ट्रेलिया भ्रमण गर्ने मून पहिलो अन्तर्राष्ट्रिय नेता हुन्। उनको भ्रमणका क्रममा दुई देशबीच कैयौं प्रविधि र सैन्य सहयोग सम्झौतामा हस्ताक्षर भयो।

प्रकाशित मिति: : 2021-12-14 11:03:00

प्रतिकृया दिनुहोस्