म्यान्मार सैन्य 'जुन्ता' अर्थात् ज्यानमारा राज्य [भिडियाेसहित]

सुधा अत्रि

रंगुन, म्यान्मार

म्यान्मारकाे क्रूर सेनाले थान्टलाङबासीकाे आँखैअघि शहरमाथि आँगाे दन्कायाे। स्थानीयहरू राेए। कराए। चिच्याए। तर आँगाे राेकिएन।

थान्टलाङ शहर मुस्लोले ढाक्याे। बस्ती खरानीमा परिणत भयाे। तानाशाही सेना रमाइरह्याे। जनआक्राेश दबाउन पीडितमाथि गाेली ठाेक्न तम्सियाे।

म्यान्मारकाे उत्तरी छिन् राज्यको थान्टलाङ शहरका पाँच सय भन्दा बढी घर, १३ मन्दिर र ५० भन्दा बढी चर्च आँगाेले नष्ट भएका छन्।

यहाँका स्थानीयहरू त्रसित छन्। घरहरू खरानी बनिसके, बस्ने ठाउँ छैन। उनीहरू शहर छाडेर जङ्गल पुगेका छन्। सरकार नै जनता मार्न लागिपरेको छ। सहयोग गर्ने काेहि छैन, उद्धार गर्ने संघ-संस्था छैनन्।

थान्टलाङका हजाराैँ घरहरू भत्केका छन्। बस्तीमा मानिस छैनन्। महिनाैँदेखि जंगलमै बसिरहेका छन्। मानिस नै मानिसले भरिएकाे थान्टलाङमा शन्नाटा छ।

सत्ताधारी सेनाले उत्तरपश्चिमी सगाइँ प्रान्तमा ११ जनाको जलाएर हत्या गरेको छ। एकै बस्तीका स्थानीयहरूलाई बाँधेर गत मंगलबार बिहान जलाइएको हो।

मौय्वा–पतेइँ सडकमा गएरातिदेखि सैनिक परिषद्को घुम्ती समूहमाथि आक्रमण भएको थियो। सैन्य उच्च अधिकारीहरूसहितको समूहले एकाबिहानै सडक छेउका गाउँ–बस्तीमा छापा मारेको रंगुन टाइम्सले जनाएको छ।

सैन्य 'कू'पछि साङ्गिङक्षेत्रमा बसाेबास गर्ने कम्तिमा ४१४ नागरिकको हत्या भएकाे अधिकारीहरूले बताएका छन्। जसमा जुन्ता सरकारकाे सुरक्षा बलबाट ३०९ जना मारिएका छन्।

साङ्गिङक्षेत्रमा ३७ वटा बस्ती छन्। तीमध्ये लगभग सबैको आ–आफ्नै लडाकू समूहहरू बनिसकेका छन्। यीक्षेत्रमा सेनाविरूद्ध लड्न विभिन्न नामका अन्य समूहहरू पनि गठन गरिएकाे छ।

प्रजातन्त्रवादी नागरिक समूहले सैनिक–सत्तासँग भिड्न पहिलाेपटक महिला मिलिसिया दस्ता गठन गर्ने प्रयास गरेकाे छ।

विद्यार्थी, शिक्षक, किसान र मजदुर–युवतीहरू सम्मिलित देशकै पहिलाे महिला मिलिसिया दस्ता गठन गरेकाे अधिकारीहरूले बताएका छन्।

निर्वाचित सरकारलाई राजनीतिक 'कू' गरी सैनिकले शासन चलाएपछि गत फेब्रुअरी यता उनीहरूले जुन्ताविरूद्ध प्रर्दशन कायमै राखेका छन्।

उच्च माध्यमिक विद्यालय छाडेर १६ वर्षीया हेराले मिलिसिया दस्ताकाे नेतृत्व गरेकी छन्। म्याउङ वुमन गुरिल्ला समूहमाथि सेनाले बारम्बार आक्रमण गरेको देखेपछि सेनाविरूद्ध युद्ध मैदानमा उत्रिएकाे उनले बताइन्।

प्रकाशित मिति: : 2021-12-13 12:47:00

प्रतिकृया दिनुहोस्