हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

File Photo
File Photo

नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको अधिकतम खरिद दर १२० रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १२१ रुपैयाँ ५३ पैसा पुगेको छ।

युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ८१ पैसा र बिक्री दर १३७ रुपैयाँ ४९ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५० पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा  छ।

क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५३ पैसा कायम भएको छ। सोमबार जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा छ। चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९८ पैसा र बिक्री दर १९ रुपैयाँ ८ पैसा रहेको बैंकले जनाएको छ।

साउदी अरेबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल एकको खरि दर ३३ रुपैयाँ १ पैसा र बिक्री दर ३३ रुपैयाँ १८ पैसा छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा र बिक्री दर २८ रुपैयाँ ८५ पैसा कायम भएको छ भने साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २४ पैसा छ भने बिक्री दर १० रुपैयाँ २९ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सूचीमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-12-13 10:48:00

प्रतिकृया दिनुहोस्