जेनिफर विन्गेटको हट तस्विर (फोटो फिचर)

The Indian Express
The Indian Express

भारतीय टीवीका चर्चित अभिनेतृमध्येकी एक हुन्–जेनिफर विन्गेट। उनको जन्म मुम्बइस्थित गोरेगाउँ क्रिश्चन परिवारमा १९८५ मा भएको हो।

उनले आफ्ना फिल्म ‘अकेले हम अकेले तुम’ बाट १९९५ मा डेब्यू गरेकी थिइन् भने सिरियल ‘शाकालाका बूमबूम’ बाट टेलिभिजनमा पाइला राखिन्।

तर उनलाई पहिचान भने सिरयल ‘सरस्वतिचन्द’ बाट मिल्यो। उनका अनुसार अभिनेतृ नभए उनी एक ‘एयर होस्टेस’ हुन्थिन्।

टीवीकी चर्चित उनले ७ वर्ष लामो आफ्नो प्रेमी करणसिंह ग्रोवरसँग विवाह २०१२ मा रचिन्। तर उनीहरुको वैवाहिक सम्बन्ध धेरै टिक्न सकेन। जसकारण उनीहरुको २०१४ सालमा ‘डिभोर्स’ भयो।

उनीहरुको सम्बन्ध बिग्रिनुको कारण भने अभिनेतृ बिपाशा बासु रहेको भारतीय मिडियाले जनाएको छ। जेनिफरसँगको बिछोडपछि करणले बिपाशासँग विवाह गरे।

भारतीय अभिनेतृ उनी आफ्नो आकर्षक व्यक्तित्व र अभिनयको कारण निकै चर्चामा आउने गर्छिन्।

१९९५ वर्षदेखि लगातार टीवीमा सक्रिय उनले विभिन्न प्रोग्राममा ‘होस्ट’ समेत गरेकी छिन्। उनी पछिल्लो समय सिरियल ‘बेहद’ का कारण चर्चामा छिन्। जसमा उनले ‘नेगटिभ’ मायाको भूमिका निभाएकी छन्। 


 

प्रकाशित मिति: : 2021-12-11 14:35:00

प्रतिकृया दिनुहोस्