मुस्ताङमा हिमपहिरो जानुको कारण के थियो?

देशसञ्चार

टंक ढकाल

 मुस्ताङको थासाङमा गएको कात्तिक २८ गते गएको हिमपहिरो प्राकृतिक मौसमी प्रक्रियाहरुकै कारण गएको प्रारम्भिक अध्ययनबाट देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले गरेको प्रारम्भिक अध्ययनमा विगतमा भन्दा बढी हिउँ परेको र त्यसको वजनले गर्दा प्राकृतिक रुपमा नै कात्तिकको २८ गते हिमपहिरो गएको प्रारम्भिक अनुमान गरिएको उल्लेख छ।

कात्तिक २८ गते बिहान ११ः४० को आसपासमा मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा हिमपहिरो गएको थियो।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हिम सर्वेक्षण तथा हिमताल शाखाका प्रमुख सुवास तुलाधरका अनुसार विभिन्न तथ्य र मौसमी अवस्थाहरुको विश्लेषण गर्दा प्रारम्भिक निष्कर्षमा मुस्ताङको हिमपहिरो असामान्य घटनाक्रम नभई हिमाली क्षेत्रमा देखिने प्राकृतिक प्रक्रिया नै रहेको पाइएको हो।

प्रकाशित मिति: : 2021-12-11 12:10:00

प्रतिकृया दिनुहोस्