म्यान्मारका महिला बन्दीमाथि यस्तो हुन्छ 'जुन्ता'को यौन दुर्व्यवहार !

बिएल संवाददाता

रंगुन, म्यान्मार
Credit: Rebel Pepper

'बन्दुककाे त्रास र जनताकाे माया'


म्यान्मारमा महिला बन्दीलाई यातना र यौन दुर्व्यवहार हुने गरेको विवरण सार्वजनिक भएका छन्।

गत जनवरीमा 'जुन्ता' सेनाको 'कू'पछि प्रदर्शनमा उत्रिएको आरोपमा पक्राउ परेका दर्जनौ महिलाहरुलाई सेनाले यौन दुर्व्यवहार गरेको विवरण सार्वजनिक भएको हो।

सेनाको 'कू'पछि भएका सरकारविरोधी प्रदर्शनहरुमा म्यान्मारका महिलाहरु मुख्य भूमिकामा थिए। सेनाको 'कू'पछि कारागारमा रहेका महिलाहरुलाई बलात्कार गरेको मानवअधिकारवादी समूह एसिस्टेन्स एसोसियसन फर पोलटिकल प्रिजनर्स (एएपीपी) ले जनाएको छ।

सेनाको 'कू'पछि २ हजार महिलासहित १० हजार २ सय महिला पक्राउ परेका छन्। आफूमाथि कारागारभित्र 'जुन्ता'सेनाले जवरजस्ती यौन दुर्व्यवहार गरेको सोइ मे नाम गरेकी एक बन्दीले गुनासाे गरेकी छिन्।

‘मलाई सेनाले आँखामा पट्टी बाँधेर निवस्त्र पारेर बलत्कार गरे,’ उनको भनाई उदृत गर्दै एएपीपीले लेखेको छ। सुरक्षाकर्मीले जेलभित्र आउने सबैको बलत्कारपछि हत्या गरेको भन्दै उनलाई पनि त्यसका लागि तयार हुने चेतावनी दिएको बताइएको छ। 

बन्दी महिलालाई गुप्तांगलगायत संवेदनशिल स्थानमा समाएर सुरक्षाकर्मीले सोधपुछ स्थलमा लगेको म्यामारकी एक महिला वकिलले बताएकी छिन्।

सुरक्षाकर्मीले बन्दी महिलासँग यौन प्रस्ताव गरेको र प्रस्ताव स्वीकार गर्नेलाई रिहा गर्ने आस्वासन दिएको उनले बताएकी छिन्। 

सोइ पिइ थारस्थित सोधपुछ केन्द्रमा साक्षी रहेकी एक अधिकारबादी महिलाका अनुसार कथित छानविनका लागि तोकिएको कोठाबाट बाहिर निस्किएका महिलाहरुका कपडा च्यातिएकाे र भित्रीवस्त्र देखिएको बताएकी छिन्। सेनाले बलात्कारपछि महिलाले लुगा लगाउँदै बाहिर निस्किएको उनको दाबी छ।

प्रकाशित मिति: : 2021-12-13 06:31:00

प्रतिकृया दिनुहोस्