साताको पाँचौें कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो।
२३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ। कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ।
बिहीबार ७२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन। बिहीबार कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्यूचल फण्ड समूहका सूचक मात्र हरियो देखिएका छन्। यिनीहरूमा पनि शून्य दशमलव ६ देखि शून्य दशमलव ६४ अंकले उकालो लागेका छन्। बाँकी सबै समूहका सूचक शून्य दशमलव एक प्रतिशतदेखि शून्य दशमलव ७६ प्रतिशतसम्मको ओरालो लागेको छ।
नेप्सेका अनुसार बिहीबार सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रो लगायतको सेयर मूल्य बढेको छ। त्यस्तैगरी, सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य घटेको छ।