शनिबार, १२ जुलाई २०२५

कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका शाही विजयी

बिएल संवाददाता

बिएल संवाददाता

सुर्खेत
2021-12-05 08:23:00
Breaknlinks
• • •

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन्। शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन्। कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन्। खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ। भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल) समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन्।

सभापतिबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदको मतगणना भईरहेकाे छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?