हङकङ जेलमा रहेका प्रजातन्त्र सर्मथक जिम्मी लाइले पाए प्रेस स्वतन्त्रता पुरस्कार

RFA

प्रजातन्त्रको वकालत गर्दा जेल जीवन बिताइरहेका हङकङस्थित एप्पल डेलीका संस्थापक जिमी लाइले प्रेस स्वतन्त्रता पुरस्कार प्राप्त गरेका छन्।

संस्थापक लाइका छोरा सेबास्टियन लाइले बुबाको तर्फबाट एसोसिएसन अफ न्यूज पब्लिशर्सले प्रदान गरेको गोल्डेन पेन अफ फ्रिडम अवार्ड प्राप्त गरेका छन्।

प्रेस स्वतन्त्रता पुरस्कार ग्रहण गर्दै सेबास्टियनले भने, 'पत्रकारिता इतिहासको अग्रभागमा छ। यो प्रजातन्त्रको वकालत गर्ने अभियान हो। हामीले गरिरहेको पत्रकारिता जनतासँगै छ।'

हङकङमा कडा राष्ट्रिय सुरक्षा कानून लागू भएपछि पूर्णरुपमा बन्द गरिएको एप्पल डेली अखबारका संस्थापक लाइसहित वरिष्ठ सम्पादकहरू समेत जेलमै छन्।

विश्व सम्पादक फोरमका अध्यक्ष वारेन फर्नान्डेजले प्रकाशक, प्रधान सम्पादक र उनका वरिष्ठ सहकर्मीहरूलाई गिरफ्तार गरी न्यूजरूम बन्द गर्नु दुःखद भएको बताएका छन्।

चीनको राष्ट्रिय प्रहरीले प्रजातन्त्र समर्थक एप्पल डेली पत्रिका र संस्थापक जिमी लाइको कम्पनीको सम्पत्ति जफतसमेत गरेको छ। उनलाई शक्ति राष्ट्रिय सुरक्षा कानून अन्तर्गत विदेशीसँग मिलेमतो गरेको आरोप लगाइएको छ।

प्रकाशित मिति: : 2021-12-04 05:50:00

प्रतिकृया दिनुहोस्