अन्तर्राष्ट्रिय खेलबाट देशलाई चिनाउने विशालको सपना

‘सपना उसको पूरा हुन्छ। जसले पूरा गर्ने साहस राख्छ।’

नेपालीमा एउटा भनाई छ, ‘सपना उसको पूरा हुन्छ। जसले पूरा गर्ने साहस राख्छ।’

सपना देखेर मात्र होइन। कर्ममा विश्वास राख्नेको सधैं जित हुन्छ।  पोखराका विशाल गर्बुजा मगरले आफनो सपना पूरा गरेका छन्। 

गर्भमै बायाँ हात गुमाएका मगर पारा तेक्वान्दो खेल्नका लागि बहराइन पुगेका छन्। एसियन पारा तेक्वान्दो खेल्न उनीसहित ४ खेलाडी अहिले बहराइनमा छन्।

म्याग्दी पूख्यौली  घर भएका मगर सानैदेखि खेलमा रुचि राख्थे। एक हातले प्रतिस्पर्धामा भाग लिएर देशलाई पदक दिलाउने सपना बोकेका मगर प्रतिस्पर्धामा सहभागी हुन पाउँदा खुसी लागेको बताउँछन्।

‘कम्पिटिशनमा भाग लिन पाउँदा एकदमै धेरै उत्साही छु। खुसी पनि छु,’ उनले बिएल नेपाली सेवासँग भने। ५ डिसेम्बरमा हुने खेलका लागि अहिले बहराइनको मैदानमा तयारी गरी रहेको उनले बताए।

आफूले देखेको सपना पूरा हुन लागेको बताउँदै उनले भने, पदक हात पारे भने मेरो लक्ष पूरा हुनेछ। त्यसपछि अर्को ड्रिम सेट गर्नु छ।

नेपालको प्रतिनिधित्व गरेर ३ जना पारा तेक्वान्दो खेलाडी र एक जना पारा ब्याडमिन्टन गरी ४ खेलाडी बहराइन पुगेका छन्। खेलाडीहरुसँगै नेशनल स्पोर्टस् काउन्सिलका सदस्य नन्द बस्याल र कोच कविराज नेगि लामा बहराइनमा छन्।

प्रकाशित मिति: : 2021-12-03 19:28:00

प्रतिकृया दिनुहोस्