नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

File Photo
File Photo

नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार बैंकले १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। उक्त हकप्रद सेयरको लागि यसले २४ मंसिरमा बुक क्लोज गर्दै छ। यसअनुसार २३ मंसिरसम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन्।

बैंकको हकप्रद सेयरमा ग्लोबल आईएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ। बैंकको जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले २७ पुससम्म आवेदन दिन सक्नेछन्। हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन्।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।  

प्रकाशित मिति: : 2021-12-03 11:12:00

प्रतिकृया दिनुहोस्