म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

File Photo
File Photo

इंग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) दुई खेल हुँदै छन्। १४औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दैछन्। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ।

भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ। १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ।

यता,  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ। १३ खेल खेलको युनाईटेड पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर दशौँ स्थानमा छ।

आज नै हुने अर्को खेलमा टोटनह्यामले ब्रेन्टफोर्डको सामना गर्नेछ। १२ खेलमा १९ अंक जोडेको टोटनह्यम सातौँ जित निकाल्न संघर्ष गर्नेछ। यता, ११औँ स्थानमा रहेको ब्रेन्टफोर्ड पाँचौ जितसहित तालिका सुधारको योजनामा छ। चार खेलमा जित निकालेको ब्रेन्टफोर्डसँग १६ अंक छ।

प्रिमियर लिगमा १४औँ चरणका खेल जारी रहँदा चेल्सी ३३ अंकसहित शीर्षस्थानमा रहँदा म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुल तेस्रो स्थानमा छ। 

प्रकाशित मिति: : 2021-12-02 15:25:00

प्रतिकृया दिनुहोस्