पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते

File Photo
File Photo

पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान शहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन्।

बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्ति मार्फत् जनाएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ।

प्रकाशित मिति: : 2021-12-02 15:09:00

प्रतिकृया दिनुहोस्