शनिबार, १२ जुलाई २०२५

मलको चरम अभाव : दुई महिनादेखि धनगढीमै डेरा

बिएल संवाददाता

बिएल संवाददाता

शिवराज भट्ट
2021-12-02 07:13:00
News Image
धनगढी तारानगरमा खेत खन्दै किसान । तस्बिर : शिवराज भट्ट
• • •

बझाङको जयपृथ्वी नगरपालिका–११ स्थित सुर्मादेवी कृषि सहकारीका अध्यक्ष बिर्खराज जोशी धनगढीमा डेरा बसेको दुई महिना भयो। तर, गहुँबालीका लागि डीएपी मल पाएका छैनन्।

कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालयले अनुदानको रासायनिक मल उपलब्ध गराउँदै आएको छ। तर, यस वर्ष कम्पनीले पर्याप्त मल दिन सकेको छैन। बझाङका जोशी मात्र होइन, सुदूरपश्चिमका विभिन्न जिल्लाका किसानहरू मलका लागि दिनहुँ कम्पनीको प्रदेश कार्यालयमा धाइरहेका छन्।

‘मलकै लागि धनगढी आएको दुई महिना भयो,’ जोशीले भने, ‘आज, भोलि भन्दाभन्दै यतिका समय बित्यो। अझै कति दिनमा पाइने हो थाहा छैन।’ कृषि सामग्री कम्पनी धाउँदा–धाउँदा दिक्क भएको जोशीले बताए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?