दोलखाको तामाकोसीमा नवजात शिशुसहित निस्सासीएर एकै परिवारका ३ जनाको मृत्यु

प्रमिला घिसिङ

काठमाडाैं
Breaknlinks
Breaknlinks

दोलखाको तामाकोसी गाँउपालीका वडा नम्बर–२ झुलेमा निस्सासिएर नवजात शिशुसहित एक दम्पतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा तामाकोसी गाँउपालिका–२ झुलेका श्याम तामाङ, पत्नी अम्बिका तामाङ र ६ दिनकी शिशु रहेकी छन्। 

मंगलबार राति शिशुलाई आगो सेकेर सुतेका दम्पती बुधबार बिहान मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोल्खाका प्रहरी प्रमुख डिएसपी भेसराज रिजालले जानकारी दिए। 

‘६ दिनकी सुत्केरी अम्बिका र शिशुलाई तेल लगाएर कोइला बालेर सुतेको देखियो’ डिएसपी रिजालले भने। 

नवजात शिशुसहित मृतक तिनै जनाको पोष्टमार्टमका लागी जिल्ला अस्पताल चरिकोट ल्याउने तयारी भइरहेको डिएसपी रिजालले बताए

प्रकाशित मिति: : 2021-12-01 17:45:00

प्रतिकृया दिनुहोस्