कर्णालीका मुख्यमन्त्रीले शाहीले आज विश्वासको मत लिदै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज (मंगलबार) विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीको विश्वासको मत लिनका १ बजेका लागि संसद बैठक बोलाइएको छ।

मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८ सौं दिनमा विश्वासको मत लिन लागेका हुन।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि काँग्रेस संसदीय दलका नेता शाही कार्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्रीले विश्वासको मत लिए पनि संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ।

सबै सांसदहरु एमालेको जारी दशौं राष्ट्रिय महाधिवेशनमा भाग लिन चितवन पुगेका कारण आफूहरु सहभागी हुन नसक्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए।

एमाले अनुपस्थित भए पनि संसद बैठक चल्नेछ। मुख्यमन्त्रीले विश्वासको मत नलिदा संवैधानिक जटिलता आउने भन्दै बैठक चल्ने सभामुख राजबहादुर शाहीले बताए।

प्रकाशित मिति: : 2021-11-30 08:30:00

प्रतिकृया दिनुहोस्