स्वर्गीय शिक्षक खतिवडाको स्मृतिमा  विद्यालयमा अक्षयकोष स्थापना 

राधिका माध्यमिक विद्यालय उर्लाबारी—७ का पुर्व शिक्षक स्वर्गीय दुर्गा प्रसाद खतिवडाको स्मृतिमा सोही बिद्यालयमा उनको परिवारले अक्षय कोष खडा स्थापना गरेको छ।

स्वर्गीय शिक्षक खतिवडाको  ८१औं जन्मदिनको अवसरमा उनकी श्रीमती कमलादेबी खतिवडाले नगद १ लाख रुपैंया अक्षयकोषको लागि विद्यालयका प्रअ सुवास सापकोटालाई हस्तान्तरण गरिन्। नारी सङ्कल्प साकोसमा राखिएको  उक्त रकमबाट प्राप्त ब्याज बाट हरेक बर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३ जना छात्राहरुलाई हरेक बर्ष क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार छात्रवृत्ति प्रदान गरिने छ।

भबिष्यमा अक्षयकोषको रकम बढाएर  थप विपन्न बिद्यार्थीलाई शैक्षिक स्तरोन्नतिमा सघाउने प्रतिबद्धता अक्षयकोष दाता कमला देवी खतिवडाले ब्यक्त गरिन्।
 विद्यालयका अध्यक्ष जित बहादुर खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सभापति बीरबल थापाको प्रमुख आतिथत्यता रहेको थियो।

दाता उर्लाबारी—७ निवासी श्रीमती कमला देबि खतिवडा,छोरी मन्जु,छोरा डा.नवराज,लिलाराजलाई विद्यालय परिवारले आभार व्यक्त गर्दै अनेकन समस्यामा ग्रुजिरहेको सामुदायिक विद्यालयलाई यस्ता सहयोगले शैक्षिक  उनन्यनमा सहयोग पुग्ने प्रअ सापकोटाले बताए।

प्रकाशित मिति: : 2021-11-30 07:56:00

प्रतिकृया दिनुहोस्