एमाले केन्द्रीय सदस्यका लागि जुम्लाबाट तीन जनाकाे उम्मेदवारी 

मधेसको चितवनमा १० मंसिरबाट  सुरु भएकाे एमाले महाधिवेशन चर्चा अहिले शिखरमा छ। देशभरका प्रतिनिधि सहभागी हुन चितवन पुगेका छन्। 

यस अघि विधान महाधिवेशन गरिसकेको हुनाले यतिबेला महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। घनश्याम भुसाल लगायत माक्र्सवादकाे गहन अध्ययन गरेका नेताहरुले बहसकाे उठान गरेपनि त्याे स्वर उचाे हुने सम्भावना पनि क्षीण बन्दै गएको छ। 

पार्टी अध्यक्षमा भिम रावलले उम्मेदवारी घाेषणा गरेका भएपनि त्याे प्रभावकारी नहुने निश्चितप्राय छ। त्यसैले एमालेकाे दशाैं महाधिवेशन ओलीलाई नै अध्यक्ष बनाउनेमा दुइमत छैन। 

तर केन्द्रीय समितिकाे सदस्यमा विभिन्न क्षेत्रबाट आकांक्षी देखिएका छन्। यसैबीच जुम्ला एमालेका तीनजना प्रभावशाली नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घाेषणा गरेका छन्। 

ती हुन लामाे समय पार्टीको अध्यक्ष भएर जुम्लाकाे संगठन निर्माणमा भूमिका खेलेका बलबहादुर महत, दुर्गम कर्णालीका आवाज काठमाडौंमा मुखरित गर्ने,  विद्यार्थी राजनीतिबाट उदाएका प्रभावसाली युवा नेता टेकराज पछाईं र जुम्लामै बसेर विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिका खेलेका रतननाथ याेगी।

बलबहादुर महत

जुम्लामा एमाले पार्टी स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बद बहादुर महत पूर्व पर्यटन  राज्यमन्त्री हुन। कर्णालीका जनतामा कम्युनिस्ट विचारलाई जनताकाे घरदैलोमा लिन निरन्तरता गतिविधिमा सक्रिय महत नेकपा जुम्लाको संस्थापक सचिव हुन्।

तत्कालीन प्रायुसंघकाे केन्द्रीय सदस्य समेत भएका उनले वडा अध्यक्ष, गाविस अध्यक्ष र संविधान सभाकाे सदस्य लगायत पदमा बसी जनताकाे सेवा गरेका अनुभव हासिल गरेका छन्।

हाल उनी कर्णाली प्रदेशकाे सचिवालय सदस्यकाे भूमिका निभाइरहेका छन्। 'मैले पार्टीका विभिन्न तहमा बसेर जनताको सेवा गरिसकेकाे छु,' उनले भने, 'जनताको सेवा गर्ने भावनामा कहिले कमी आउने छैन। यसपालि केन्द्रीय समितिकाे जिम्मेवारी पाउँदा उत्साह थप बढ्नेछ।'
 
टेक राज पछाई

कर्णालीकाे सिंजा क्षेत्रबाट अध्ययनका लागि काठमाडौं गएका पछाईंले अमृत साईन्स क्याम्पस (अस्कल)काे स्ववियु सदस्य, सहसचिव हुँदै दुई कार्यकाल सभापति बन्न सफल भएकै कारण उचाे छवि निर्माण गरेका छन्। 

लामाे समय विद्यार्थी राजनीतिमा विताएका उनी युवा सँघ हुँदै पार्टी राजनीतिमा क्रियासिल छन्। छाेटाे समयमा प्रभावकारी व्यक्तित्व निर्माण गरेका उनी  युवा पुस्ताका प्रिय नेता हुन। 

कर्णालीबाट काठमाडौं गएका युवा विद्यार्थीले विरलै अवसर पाउने अवस्थामा उनी हस्तक्षेपकारी भूमिका निर्वह गर्दै अनेरास्ववियु बागमती अञ्चल कमिटी सदस्य समेत बनेका थिए भने कर्णालीलाई काठमाडौं जाेड्ने पुलकाे काम गर्न सफल भए।

हाल पार्टी जिल्ला र प्रदेश कमिटीमा सक्रिय उनले केन्द्रीय समितिकाे सदस्य भएपछि संगठन मजबुत बनाउन भूमिका खेल्न सकिने बताइरहेका छन्।

'कर्णालीका जनता कम्युनिस्ट विचार सिद्धान्तले सुसूचित छन्। यसलाई व्यापक बनाउने उदेश्य सहित उम्मेदवारी दिएकाे हुँ,' उनले भने, 'आशा छ पार्टीकाे विश्वास र प्रतिनिधिकाे मायाले म निर्वाचित हुनेछु।'

रतननाथ याेगी
नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा जुम्लाको तिला गाउँपालिका अध्यक्ष योगीले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जुम्लाका ८ वटा स्थानीय तह मध्य एमालेले तिला गाउँपालिकामा मात्रै अध्यक्ष जितेकाे थियाे। तुलनात्मक रुपमा कमजोर संगठन भएकाे ठाउँमा पार्टीलाई जनतामा स्थापित गराउन उनी सफल भए। 

कर्णालीबाटै केन्द्रीकृत सत्ताकाे मानसिकतामा प्रहार गर्न सफल उनी नेकपा एमाले जुम्लाका प्रभावशाली र युवा पुस्ताका जनप्रिय नेता मानिन्छन्।

राजा ज्ञानेन्द्रकाे प्रत्यक्ष शासनको खराे विराेधमा उत्रिएका कारण जेल जीवन समेत विताएका उनी केन्द्रीय सदस्य जितेकाे खण्डमा पार्टी सुदृढ बनाउन थप हाैसला मिल्ने बताउँछन्।

'हामी इतिहासकाे कटिन माेडमा छाैं। पार्टी फुटका कारण जनतामा वितृष्णा आउने सम्भावना छ,' उनले भने, 'जनतामा नेकपा एमालेप्रतिकाे सदासयतालाई बचाइराख्न थप सक्रियता जरुरी छ।'

प्रकाशित मिति: : 2021-11-28 18:30:00

प्रतिकृया दिनुहोस्