बिएल संवाददाता
पूर्वपश्चिम राजमार्गअन्तर्गत आइतबार झापाको कनकाई नगरपालिका वडा नम्बर ८ स्थित बिरिङ पुलमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस पत्ति भाँचिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्यले जानकारी दिए।
दुर्घटनामा घाइते हुनेहरुमा माइ नगरपालिका ७ इलामकी ३४ बर्षीया विमला लिम्बु, सोही ठाउँकी ४९ बर्षीया रत्नमाया राई, ३७ बर्षीया कमला शेर्पा, ७ वर्षीया ईसु शेर्पा, कनकाई ८ बस्ने २८ वर्षीया दिपा गिरी, सुनसरी बराहक्षेत्र नगरपालिका ९ बस्ने ३७ वर्षीया निशा चौहान, पथरी शनिश्चरे मोरङ नगरपालिका १ की ६० वर्षीया मनमाया श्रेष्ठ, ३५ वर्षीय डिकबहादुर श्रेष्ठ, ४० बर्षीया अम्बिका श्रेष्ठ, बुद्धशान्ति ४ झापा बस्ने ६० वर्षीय नरबहादुर दर्जी र दर्जीकी श्रीमती ५८ वर्षीया डम्बरकुमारी दर्जी, अर्जुनधारा ११ की ३८ वर्षीया शुसिला चापागाई, बिर्तामोड ५ की ४१ वर्षीया पवित्रा खतिवडा, भारत सिलिगुडीका ४७ वर्षीय बब्लु बर्मन, ३३ वर्षीया मालती बर्मन, शिवसताक्षी १० का २४ वर्षीया जानुका श्रेष्ठ, माइ नगरपालिका ७ की १७ वर्षीया तनुजा लिम्बु, भारत आसाम बस्ने २८ बर्षीया इन्दिरा गिरी, २१ बर्षीया बिन्दु गिरी, अर्जुनधारा ५ बस्ने ४८ वर्षीय कृष्ण अधिकारी, बसका सहचालक सुनसरी रामधुनी नगरपालिका ६ बस्ने २५ बर्षीय करण चौधरी र बसका सहचालक सुनसरी बराहक्षेत्र नगरपालिका ३ बस्ने २४ बर्षीय रमेश कार्की रहेका छन्। मृतकको भने सनाखत हुन सकेको छैन्। घाइते उनीहरुको बिएण्डसी अस्पतालमा उपचार भइरहेको डिएसपी आचार्यले बताए।
पत्ति भाँचिएर अनियन्त्रित भएको बस पुलको रेलिङमा ठोक्किएको थियो।
बस हाल दुर्घटनास्थलमै रहेको र बसका चालक सुनसरी बराहक्षेत्र नगरपालिका ३ बस्ने बर्ष ३२ को बाबुराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया