यूएईलाई हराउनै पर्ने दबाबमा नेपाल

File Photo
File Photo

आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज (आईतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्देछ।

दुबईमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ।

आईतबार नेपाल र यूएई  दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन्। यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ।  नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ।

नेपाललाई जित मात्रले पुग्दैन।  रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो। 

प्रकाशित मिति: : 2021-11-28 09:16:00

प्रतिकृया दिनुहोस्