५ सय रुपैयाँले घट्यो सुनको मूल्य

File Photo
File Photo

आज (बुधबार) पनि सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि प्रतितोला ३० रुपैयाँले घटेको छ।

योसँगै प्रतितोला छापवाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेर छापावाला सुन ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा पुगेको थियो।

आज चाँदी १ हजार २२५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2021-11-24 12:06:00

प्रतिकृया दिनुहोस्