आइएमएफले पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य थप बढाउन भन्यो : प्रधानमन्त्री खानका सल्लाहकार 

पाकिस्तानमा चर्को मूल्यवृद्धि भइरहेको छ, यससँगै भर्खरै भएको  पेट्रोलियम  पदार्थको मूल्यवृद्धि पछि त्यहाँ विपक्षी पार्टीले ठुलै विरोध प्रदर्शन गरिरहेको अवस्था छ। तर आगामी दिनमा पाकिस्तान सरकारले  पेट्रोलियम  पदार्थको मूल्यमा थप वृद्धि गर्ने लगभग पक्कापक्की भएको छ। 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानका आर्थिक मामिलाका सल्लाहकार शौकत तरिनलाई द न्युज इन्टरनेशनलले उद्धृत गरेको छ। तरिनका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पाकिस्तान सरकारलाई विश्वव्यापी  पेट्रोलियम  पदार्थको मूल्यसँग तालमेल मिल्ने गरी थप मूल्यवृद्धि गर्ने भनेको हो। 

यदि  पेट्रोलियम  पदार्थको विश्वव्यापी मूल्य घटेमा पाकिस्तानले पनि  पेट्रोलियम पदार्थको मूल्य घटाउने भनी तरिनले बताएका छन् । 
 पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी मूल्यसँग सम्बन्धीत भएकाले पाकिस्तान सरकारको नियन्त्रणमा  पेट्रोलियम  पदार्थको मूल्य नरहेको तरिनले बताएका छन्।

प्रकाशित मिति: : 2021-11-24 09:32:00

प्रतिकृया दिनुहोस्